काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पाइप चुहिन थालेपछि पानी वितरणमा समस्या भएको छ। मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो ।
आयोजनाका अनुसार चाबहिलको चुच्चेपाटीस्थित आयोजनाको थोक वितरण प्रणालीको एक हजार चार सय एमएमको पाइप फुटेको हो। फुटेको पाइप मर्मत गर्नु परेकाले केही दिनका लागि पानी वितरण अवरुद्ध भएको आयोजनाले जनाएको छ।
चुच्चेपाटी क्षेत्रमा खानेपानीको सहायक पाइप बिछ्याउने क्रममा मुख्य पाइप नै फुटेको पाइएकोले मर्मतका लागि सडक नै खन्नुपर्ने भएकाले पानी पुनः सञ्चालनमा केही ढिलाइ भएको आयोजनाले जनाएको छ। पाइप फुटेपछि सुन्दरीजल प्रशोधन केन्द्रबाट नै वितरण प्रणालीमा पानी छोडिएको छैन ।