नवलपरासी। नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भएको भएता पनि पुर्वी नवलपरासीमा तस्करहरुले दिउँसोको समयमा नै नदीबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी तथा दहन गर्ने गरेका छन। हाल उक्त क्रियाकलाप ब्यापक रुपमा बढेको छ। स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत रहेको नदीजन्य बस्तुको बेलैमा ठेक्का नखोल्नाले तथा चोरीजस्तो क्रीयाकलाप नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुग्नाले चोरीको घटना बढ्दैं गएको हो।
नवलपुरमा अवस्थित रहेको केरुङ्गे खोला, पत्थर खोला, गिरुवारी खोला, अरुण खोला, विनयी खोला जस्ता क्षेत्रमा नदीजन्य वस्तुको चोरी बढेको छ। तस्करले नदीबाट निकालीएको वस्तुहरु त्यहि स्थानमा घाटगद्दि बनाएर राखेको पाउँदा पनि सम्बन्धित निकायले ध्यान नदिदाँ नियन्त्रणमा समस्या परेको हो।
उक्त नदीजन्य वस्तुहरुको चोरीको समस्या रहेको भएता पनि स्थानिय सरकारले त्यस सम्बन्धि नियन्त्रण तथा रोकथाम गर्दै आइरहेको छ। त्यस्तै प्रहरी कार्यलयले पनि विनयी खोलाबाट २८ वटा ट्याक्टरलाई बरामद गरेको छ। नदीबाट नदीजन्य पदार्थहरु उत्खनन् साथै चोरी गर्दै गर्दा उक्त ट्याक्टरलाई फेला पारी नियन्त्रणमा लिएर कारबाहीको लागि सम्बन्धित कार्यलय पठाइसकेको कुरा जिल्ला प्रहरी कार्यलयले जनाएको छ।