फाइल तस्बिर
काठमाडौं। खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गरी उद्घाटन गरिएको छ। गत असोज १२ गतेको बाढीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरी शनिबार कोशी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका हुन्।
बेलिब्रिज जडानका लागि पुसभित्र सक्ने गरी मंसिर २८ गते एक करोड दुई लाख रूपैयाँमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीसँग सम्झौता भएको थियो। उक्त ठाउँमा ५० मिटरको बेलिब्रिज जडान गरिएको हो । उक्त बेलिब्रिजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार जोडेको छ ।