काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङमा बेलिब्रिज जडान गरिने भएको छ। गत असोजको बाढीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गर्न लागिएको हो।
बेलिब्रिज जडान गर्नका लागि नेपाली र चिनियाँ अधिकारीबीच भएको अनौपचारिक छलफलअनुरूप माघ ६ देखि २५ सम्म नाका बन्द गरिने भएको छ। यस बेला नाका बन्द गर्दा दुवैतर्फ व्यापारमा असर कम पर्ने बताइएको छ जनवरी २९ मा चिनियाँ नयाँ वर्षर् प्रारम्भ हुने भएकाले १५ दिनसम्म तिब्बती ल्होसार मनाउने चलन रहेकाले त्यही मौका छोपेर नाका बन्द गर्ने नेपाल पक्षले तयारी गरेको हो।
अहिले ह्युमपाइप राखेर लिपिङ र लार्चार्मा सडक जोडेर चलाइएको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ।