काठमाडौं। नेपाली कांग्रेसले मन्त्रीहरूलाई बोलाएर आआफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका भौतिक परियोजनाका काम चाँडो सक्न निर्देशन दिएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय दल कार्यसमितिको बैठकमा मन्त्रीहरुलाई बोलाएर विगत देखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरू सम्पन्न गराउने प्रकृयामा गती बढाउन निर्देशन दिइएको हो।
पार्टी प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘जस्तो कतिपय आयोजनाहरू बजेटका अभावले थन्किएर बसेका छन् । कतिपय आधा सकिएर आधा बाँकीनै छन् । त्यसलाई चाडो अधी बढाउन निर्देशन दिने निर्णय भएको हो।’
यस्तै बैठकले चालू आर्थिक वर्षको बजेटमा रहेका तर स्रोत सुनिश्चित पर्खाइमा रहेका र टेन्डर हुन नसकेका मात्र होइन निर्माण सुरू भएका तर अपेक्षित गतिमा काम नभइरेका विकास आयोजनालाई सम्पन्न गराउने आवश्यक पहल कदमी लिने निर्णय समेत गरेको छ।