काठमाडौं। गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ। तनहुँको म्याग्दे गाउँपालिका(६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको हो।
पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बा४ ग ५८०१ नम्बरको बसबाट सहचालक सन्जीब बोहोरा खसेका थिए। पोखरा महानगरपालिका–२८ घर भएका बोहोराको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनापछि बसका चालकलाई पक्राउ गरेर घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।