काठमाडौं। भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा रेल दुर्घटनामा परेर हालसम्म १९ जनाको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर भएको दुर्घटनामा परेर हालसम्म १९ जनाको मृत्यु भएको हो।
बुधबार साँझ जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको हल्ला फैलिएपछि भm्यालबाट हाम फालेका मानिसलाई अर्को रेलले ठक्कर दिएर घटना भएको थियो। रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुको उपचारको क्रममा मृत्यु हुँदा हालसम्म मृतको संख्या १९ पुगेको हो।
मृतकहरूमध्ये १२ जनाको पहिचान भएको छ । यीमध्ये चार जना नेपाली रहेको थाहा भएको छ । । दुर्घटनाका अरु १० जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।