काठमाडौं। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु भएको छ। ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु एक करोड आठ लाख ३१ हजार लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो।
आयोजनाबाट नारच्याङ बेँसीगाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिकाले जनाएको छ। विद्यालय, स्वास्थ्यचौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ । गोर्खा वेयलफेयरको रु ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले रु २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ ।
आयोजना आगामी चैत महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको पालिकाले जनाएको छ।