काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको हो।
करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो । अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ । पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने बताइएको छ।
बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो । उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो ।