काठमाडौं। क्यानडाको टोरन्टोको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पल्टिएको छ। अमेरिकाको मिनेसोटाबाट उडान भरेको डेल्टा एयरलाइन्सको जहाज सोमबार दिउँसो अवतरणका क्रममा विमानस्थलमा पल्टिएको हो ।
जहाजमा चालकदलका ४ सदस्य र ७६ यात्रु रहेकोमा दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म केही खुलेको छैन।
जहाजमा रहेका यात्रुहरूले एक्कासि अवतरण गरिएको बताएका छन् । जहाज पल्टिएपछि केही भागमा आगोसमेत लागेको थियो । तर तत्काल आगो निभाइएको स्थानीय अधिकारीहरूले जनाएका छन् । जहाजबाट निस्कँदै गरेको भिडियोसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।