काठमाडौं। महाकुम्भबाट फर्किएको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको हो।
शुक्रबार राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा दुर्घटना भएको हो । ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कारर्पियो ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ भने सप्तरीकै नाम नखुलेका अर्का एक जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।