एजेन्सी। पछिल्लो रूसी आक्रमणबाट २५ जना युक्रेनीको मृत्यु भएको छ। डोनेट्स्कमा भएको आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएको हो।
आक्रमणमा ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यस आक्रमणमा खार्किभ र ओडेसालगायत अन्य क्षेत्रका आवासीय परिसर र पूर्वाधारलाई पनि निशाना बनाइएको थियो ।
अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गोप्य जानकारी प्रदान गर्न प्रतिबन्ध लगाएको छ । त्यसपछि रूसले पछिल्ला दिनमा युक्रेनमा आक्रमणलाई तीब्र बनाएको छ ।
युक्रेनमा रूसको पछिल्लो हमलापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जाल पोस्ट लेखेका छन् ।