काठमाडौं। बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको हो।
बसका यात्रुहरु सकुशल रहेको र स्कुटर चालक भने घाइते भएको जिल्ला प्रहर कार्यालय बाराले जनाएको छ। घाइते स्कुटर चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।