काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको पुन: लाइने काट्ने तयारी गरेको छ। प्राधिकरणले पोड भाडा नतिरेका वर्ल्ड लिंक र क्लासिक टेकलाई तत्काल भाडा नतिरे लाइन काट्ने चेतावनी समेत दिएको छ।
प्राधिकरणका अनुसार वर्ल्ड लिंकले पोल भाडाबापत प्राधिकरणलाई ६१ लाख ७४ हजार रूपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ भने क्लासिक टेकले पोलभाडा बापत ३१ लाख १६ हजार रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको छ।
यथाशीघ्र रुपमा प्राधिकरणको धरौटी खातामा भाडा बुझ्नुपर्ने र नबुझाएमा दुवै कम्पनीको कार्यालयमा जडित मीटरको लाइन काटेर असुली प्रक्रिया अगाडि बढाउने प्राधिकरणले चेतावनी दिएको छ।