दाङ। दाङमा विद्युत् सट भएर एक प्लाई उद्योगमा आगोलागी भएको छ। घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा विद्युत् सट भएर आज राति करिब २ बजे आगोलागी भएको हो।
जिल्लाकै ठूलो उद्योगमा आगोलागी हुँदा बस्ती नै जोखिममा परेको छ। आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन्। आगलागीका कारण प्लाई, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएका छन् ।
आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ।