काठमाडौं । नेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नियुक्त भएका छन् ।
खानेपानीमन्त्री प्रदीप यादवले नगरप्रमुख सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरेका हुन् ।
सिंहलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ को दफा ८ को उपदफा १ (४) बमोजिम समितिको सदस्यामा नियुक्त गरिएको खानेपानी मन्त्रालयले जनाएको छ।