काठमाडौं। तनहुँको भानु नगरपालिका–३ खहरेमा खहरे खानीपानी आयोजना निर्माण सम्पन्न भएको छ। डिभिजन खानेपानी कार्यालय तनहुँको दुई करोड ५० लाख लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो।
दोरदोरबाट दुई वटा ट्याङ्कीमा पानी ल्याएर घर घरमा खानेपानी पुर्याइएको छ। खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि खहरेलगायत गाउँका तीन सय ८४ धुरीमा खानेपानीको धारा जडान गरिएको छ। घरमै धारा आएपछि स्थानीयमा खुसी छाएको छ। वर्षौँदेखिको लाइन लागेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय बताउँछन्।
प्रशस्त पानी आउन थालेपछि घरमा खान मात्र नभएर तरकारी बारीमा समेत लगाउन थालेको स्थानीयको भनाइ छ।