काठमाडौं । अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लुटीपोखरीदेखि खनदह जाँदै गरेको लु २ च २९९० नम्बरको डवलक्याप जिप ढुङ्गागाडेमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका ४ का २१ वर्षीय दिलीप खनाल र सोही ठाउँका २३ वर्षीय वालकृष्ण रिजालको छन् । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा मालारानीकै भुवन पोखरेल र वसन्त पोखरेल रहेका छन् ।
गम्भीर घाइतेहरूलाई सन्धिखर्कमा सामान्य उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। सडकबाट २ सय ५० मिटर भन्दा तल खसेको हो । रातिको समयमा सडकबाट धेरै तल अप्ठ्यारोमा जिप खसेकाले उद्धारमा समेत समस्या भएको प्रहरीले जनाएको छ ।