काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयका कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्न सुरु गरेको छ । महानगरले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयबाट स्मार्ट बोर्ड जडानको गर्न सुरु गरेको हो ।
काठमाडौं शिक्षा विभागले ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड हालसम्म तीन सय १३ स्थानमा जडान गरेको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब रु २० करोड विनियोजित रहेको महानगरले जनाएको छ ।
बोर्ड प्रयोगका लागि शिक्षकहरुलाई तालिम समेत दिइएको छ ।