एजेन्सी । जापानको दक्षिणपश्चिमी क्षेत्रमा हेलिकप्टर समुद्रमा खसेको छ । आइतबार बिरामी बोकेको मेडिकल समुन्द्रमा खसेको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जनालाई जापान कोस्ट गार्डले समयमै उद्धार गरेको थियो । पाइलट ६६ वर्षीय हिरोशी हमादा, मेकानिक काजुटो योशिताके र २८ वर्षीया नर्स साकुरा कुनिताकेको समुन्द्रबाट उद्धार गरिएको थियो । तीनै जनालाई जीवन रक्षकको सहयोगमा पानीमा तैरिएको अवस्थामा फेला पारिएको हो ।
कोस्ट गार्डका एक अधिकारीका अनुसार उद्दार गरिएका तीनै जना गम्भीर चिसोमा थिए र तिनीहरूको शरीरको तापक्रम अत्याधिक रूपमा कम भएको थियो ।