काठमाडौं । सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु. एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा रु. एक हजार बढेको हो । आज प्रतितोला चाँदीमा रु ५५ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० मा खरिदबिक्री हुनेछ ।