काठमाडौं । रुकुम–पश्चिमको मुसिकोटमा मन्दिरको गेट निर्माण गर्ने क्रममा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । शनिबार दिउँसो मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो ।
मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किएर च्यापिएपछि गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।