झापा । साढे सात लाख लागतमा झापाको दुई पालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको हो ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारको सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालेको झापा गाउँपालिकाले जनाएको छ । कुल ११ किमी लक्ष्मीमार्गको ६ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माण कार्य वैशाख मसान्तसम्म सक्ने गरी काम भइरहेको छ ।
लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका– ४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने छ ।