सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।