सिरहा । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकाको विभिन्न बस्तीमा कलधारा प्रदान गरिएको छ । गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दलित बस्तीमा ४८ वटा कलधारा उपलब्ध गराइएको हो ।
कलधारा पाएसँगै स्थानीयहरु खानेपानीको लागि एउटा कुवामा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि हातमुख धुन, घरायसी प्रयोजनका लागि आवश्यक पर्ने पानी भर्न बिहानैदेखि लाइनमा बस्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । अहिले बस्तीमा कलधारा बनाएपछि खानेपानीको समस्या समाधान भएको उनीहरुको भनाइ छ ।
बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा ४८ वटा कलधारा उपलब्ध गराइएको छ । उक्त कलधाराको ३० देखि ६० हजारसम्म लागत रहेको पालिकाले जनाएको छ ।