काठमाडौं । विराटनगरमा गुडिरहेको टिपरमा आगोलागि भएको छ । विराटनगर महानगरपालिका–१९ मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा सोमबार दिउँसो साढे २ बजेतिर आगोलागि भएको हो ।
विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै गरेको टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए ।
टिपरमा कसरी एक्कासि आगलागी भयो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । तर तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।