म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पाँच करोड लागतमा ४ वटा खानेपानी आयोजना निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आयोजना निर्माण गरेको हो ।
दोबाको गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टंकीमा संकलन गरेर पाइपलाइन मार्फत घरघरमा खानेपानी पुर्याइएको छ । आयोजनाबाट चार सय भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।
बजेट अभावमा लामो समयदेखि निर्माण पूरा हुन नसकेको आयोजना गत वर्ष र यो वर्षको बजेटले निर्माण सम्पन्न भएको हो । आयोजना आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको थियो । तर आर्थिक अभावमा सात वर्षपछि मात्र निर्माण पूरा भएको छ ।