फाइल तस्बिर
एजेन्सी । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना भएको छ । बिहीबार भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । हेलिकप्टरमा पाइलटसहित सात जना यात्रु थिए । जसमा पाँच महिला र दुई पुरुष छन् । हेलिकप्टरमा महाराष्ट्रका तीन, आन्ध्र प्रदेशका दुई र उत्तर प्रदेशका एक यात्रु रहेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।