काठमाडौं । कैलाली चुरे गाउँपालिकास्थित सहजपुरको खानेपानी समस्या समाधान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार यहाँको खानेपानी र तटबन्धको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका हुन् ।
मध्यपहाडी लोकमार्गको अभियान सुरुवातको पूर्वसन्ध्यामा कैलाली पुगेका प्रचण्डले यहाँका स्थानीयसँग यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘खानेपानी र तटबन्ध यहाँको मुख्य समस्या हो भन्ने बुझियो । यो विषयमा संघबाट के गर्न सकिन्छ त्यो गर्ने प्रतिबद्धता जनाउँदछु ।’