काठमाडौं। मानगढ खानेपानी आयोजना अन्तर्गतको विराटनगर खानेपानी उपभोक्ता संस्थाको आज मतदान भइरहेको छ । मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका आज मतदान भएको हो ।
उक्त संस्थाको २०८१ जेठ १९ गते पनि मतदान भएको थियो तर त्यो निर्वाचनलाई उच्च अदालत विराटनगरले बदर गरेका कारण १ वर्षपछि आज पुनस् मतदान भएको हो ।
विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा बिहान सवा ७ बाट मतदान सुरु भएको हो । मतदान बेलुका ५ बजेसम्म चल्नेछन् । निर्वाचनमा ५ हजार ९८८ उपभोक्ता मतदाता छन् ।