सर्लाही । सर्लाही बरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कटानीबाट कडरियाटोल तर्फ जादै गरेको ना ४६प २८२० नम्बरको मोटरसाईकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडमा ३ मिटर तल खस्दा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाईकल चालक मलंगवा नगरपालिका ४ बस्ने कैलाश रायको छोरा ३५ वर्षका घनश्याम राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परी चालक रायको टाउको, निधार र दुबै आँखा माथि गहिरो चोट लागी बरहथवास्थित एक निजी अस्पतालमा उपचार भइरहेको थियो।
घाईतेको अवस्था गम्भीर भएपछि थप उपचारको लगी एलएस न्युरो अस्पताल बारामा लगेकोमा उपचारको क्रममा बिहान ६ बजे उनको मृत्यु भएको हो ।