म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिकामा करिब ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । मालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना निर्माण गरिएको हो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको रु ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको हो । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् ।
मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१र०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् ।