काठमाडौं। एक्सिस इकोर्प ले गोवा सीमानजिकै सिन्धुदुर्गमा अधिग्रहण गरेको २५ एकड जमिनमा रु १०० करोड लगानी गरीरहेको छ। होटल अपार्टमेन्ट र लक्जरी सर्भिस भिलाको विकासका लागी रु १०० करोड लगानी गरिरहेको हो।
विगत पाँच वर्षमा, गोवाको रियल इस्टेट बजारले पूँजीको मूल्य वृद्धिमा ठुलो फड्को मारेको छ। प्रधानमन्त्री मोदीले मार्गाओको दाबोलिम–नभिलिममा ग्यास–इन्सुलेटेड सबस्टेसनको शिलान्यास र उद्घाटन गरेपछि यो गतिले थप तिब्रता पाउने सम्भावना छ।
उक्त परियोजना मोपा एयरपोर्टबाट १३ किलोमिटर टाढा रहेको छ। जसले सर्भिस स्टुडियो अपार्टमेन्ट १५०, लक्जरी सर्भिस्ड विला ७० र १०० वटा बिल्ड–टू–सुट प्लटेड विकासहरू प्रदान गर्नेछ।
एक्सिस इकोर्प का तीन परियोजनाहरू दोडामार्ग, सिन्धुदुर्गमा अवस्थित छन्। जसले गत वर्षमा २१३ करोडको स्टक बसेका समानको व्यापार गरेका थिए।
उक्त एक्सिस इकोर्पले उत्तर पूर्वमा अर्को प्रिमियम आवासीय परियोजना सुरु गर्ने योजना पनि बनाइरहेको छ।