सप्तरी। राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ। दैनिक २८० देखि २९० सिलिन्डर अक्सिजन भर्न सकिने गरी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो।
अस्पतालमा रहेको १५ शय्याको आईसीयू र एनआईसीयू कक्ष सञ्चालन गर्न सहज भएको छ । अस्पतालले यसको विकल्पमा ‘लिक्विड प्लाण्ट’ सञ्चालनको तयारी समेत थालेको छ।
गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको २५ शय्याको अत्याधुनिक एचडीयू सेवा अक्सिजनकै अभावका कारण बेलाबेलामा समस्यामा पर्ने गरेको थियो। अक्सिजनकै अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि थप शय्या र आइसोलेसन केन्द्र विस्तार हुन नसक्दा गम्भीर बिरामीलाई धरान र विराटनगर पठाउने गरिएको थियो। अब अस्पतालमा थप शय्या विस्तार हुने र आवश्यक बिरामीका उपचारमा सहज हुने बताइएको छ।
यसअघि राजविराजबाट ५० किलोमिटरमा रहेको इटहरीमा अक्सिजन भर्ने गरिएको थियो।