काठमाडौं । म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ पुलाचौरमादुई करोड १० लाख ४८ हजार लागतमा खानेपानी आयोजना निर्माण भएको छ । निर्माण सुरु भएको सात वर्षमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।
योजना निर्माणमा प्रतिघर २० दिनका दरले श्रमदान समेत गरिएको छ । उपभोक्ताले कूल लागतको १० प्रतिशतका दरले श्रमदान गरेका छन् ।
जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टङ्कीमा सङ्कलन गरेर २० हर्सपावर क्षमताको ‘सबमर्सिव’ पम्पबाट दुई सय ५० मिटरमाथि रहेको चुलेसीस्थित अर्को टङ्कीमा पुर्याएर थप तीन वटा रिजर्भ टङ्कीमार्फत पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
आयोजना मार्फत घरघरमा पानी वितरण हुन थालेपछि पुलाचौरबासीको दैनिकी फेरिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि आयोजना निर्माण सुरु भएको थियो ।