काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ठोस उपायमा काम गर्न विभागलाई निर्देशन दिने बताएका छन् ।
मंगलवार खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानको ठोस उपायमा काम गर्न विभागलाई निर्देशन दिने प्रतिबद्धता जनाएका हुन् ।
उनले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरुमध्येमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी समेत गरे ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले गत आर्थिक वर्षमा खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा गरेका कार्यहरूको विस्तृत जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।