काठमाडौं । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवा खोलामा मोडुलर ब्रिज जोड्ने काम तीव्र गतिमा भइरहेको छ । सडक डिभिजन इलाम र भारतबाट आएका प्राविधिकले धमाधम पुल जडानको काम गरिरहेका हुन् ।
यसअघि निर्माणाधीन मोडुलर ब्रिज गत जेठ ३१ गते निर्माण सम्पनन नहुँदै भाँचिएको थियो । यसपटक भारतबाट लन्चिङ किट्ससहित आएका भारतीय प्राविधिकहरुले सडक डिभिजन इलामको निगरानीमा पुल जडान अघि बढाइएका न् । पुल जडान गर्न २१ जना भारतीय प्राविधिक खटेका छन् ।
गत साउन १७ देखि सुरु भएको मोडुलर ब्रिजको जडान कार्य अब कम्तिमा १० दिनमा सकिने अनुमान छ । मोडुलर ब्रिज जडान र संरचना निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले ब्रिज बनाउन ३ करोड ५० लाखमा ठेक्का लिएको छ ।