सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, चुरे फेदीस्थित निर्माणाधीन खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बूढी जमदह गाउँमा ‘सबल नेपाल’ र ‘वेल्थहङ्गरहिल्फे’ को सहयोगमा निर्माणाधीन खानेपानी आयोजनाको काम हालसम्म ६० प्रतिशत पूरा भएको हो ।
४० हजार लिटर क्षमताको ट्याङ्की सहितको आयोजना निर्माण भइरहेको छ । कुल ७१ लाख रुपैयाँको लागतमा निर्माणाधीन यस आयोजनामा स्थानीयको श्रमदान र नगरपालिकाको पनि सहयोग रहेको छ ।
हालसम्म पाइपलाइन बिछ्याउने र धारा जडानको काम पूरा भइसकेको छ भने अन्य संरचनाहरूको निर्माण पनि तीव्र गतिमा भइरहेको छ । अहिले अस्थायी संरचना प्रयोग गरी ५१ घरधुरीमा स्वच्छ खानेपानी आपूर्ति भइरहेको छ ।