बागलुङ । पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक सञ्चालनमा आएको छ । दुई दिन लगाएर पहिरो पन्छाएपछि अवरुद्ध भएको तेस्रो दिन आज बिहानदेखि सडकमा यातायात सुचारु भएको हो ।
वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा सोमबार साँझ झरेको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन आवागमन गर्ने सयौँ आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो ।
उक्त खण्डमा ठूलो पहिरो गएकाले सडक खुलाउन तीन दिन लागेको हो। योबाहेक वैकल्पिक सडक नहुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको छ ।
आजदेखि सडक सञ्चालनमा आएपछि पर्यटक गन्तव्यतर्फ लागेका छन् ।