काठमाडौं। नुवाकोटको सुर्यगढी गाउँपालिकाले अदेरी खोला जमुने देउराली खानेपानी आयोजना निर्माण गर्ने भएको छ। बागमति प्रदेश अन्तर्गत सुर्यगढी गाउँपालिकाको कार्यलय चोकडा नुवाकोटले सो आयोजना निर्माण गर्न लागिएको हो।
प्रदेश सरकारको करिब ५५ लाख आर्थिक सहयोगमा सो आयोजना निर्माण हुन लागेको हो। लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका सुर्यगढीका स्थानीयहरुको घरघरमा पानीको पहुँच पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले सो आयोजना अगाडी बढाएको हो।
गाउँपालिकाले सो खानेपानी आयोजना निर्माणका लागि ठेक्का आह्वान गरिसकेको छ। यो आयोजना निर्माण भएपछि त्यहाँको कोही स्थानीय खानेपानीबाट बञ्चित हुनु नपर्ने गाउँपालिकाले जनाएको छ। साथै आयोजना निर्माण पश्चात जमुनेका प्रायः सबै घर लाभान्वित हुने भएका छन्।