एजेन्सी । पश्चिमी सुडानको घेराबन्दीमा परेको सहर अल–फासेरमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा गरिएको ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय कार्यकर्ता समूहले जनाएको छ ।
एल–फासेर प्रतिरोध समितिका अनुसार आरएसएफले विश्वविद्यालयको मैदानभित्र रहेको दार अल–अर्काम विस्थापन केन्द्रमा लक्षित हमला गरेको हो । उक्त केन्द्रमा युद्धबाट विस्थापित सयौँ नागरिक आश्रय लिएर बसेका थिए । समितिले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई ‘नरसंहार’ को संज्ञा दिँदै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेपका लागि आग्रह गरेको छ ।
समितिका कार्यकर्ताहरूका अनुसार धेरै शवहरू अझै भूमिगत आश्रयमा फसेका छन् । उनीहरूले भनेका छन्, “एल–फासेर अहिले भोकमरी र हिंसाको कारण खुला मूर्दाघरमा परिणत भएको छ ।”
स्थानीय प्रतिरोध समितिहरू सुडानमा नागरिक सहायता समन्वय गर्ने र युद्ध अपराध तथा अत्याचारका घटनाहरू अभिलेख गर्ने स्वयंसेवी समूह हुन् ।