किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने बताएका छन् ।अक्टोबरमा मस्कोले सन् २०२२ को आक्रमणको सुरुवातदेखि युक्रेनी ग्यास सुविधाहरूमा व्यापक बमबारी सुरु गरेको थियो । आक्रमणका कारण नागरिकहरूले न्यानोका लागि प्रयोग गर्ने इन्धनको मुख्य स्रोतको उत्पादन ६० प्रतिशत रोकिएको थियो।
जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “हामीले युक्रेनलाई ग्यास आपूर्ति गर्ने विषयमा ग्रीससँग सम्झौता गरिसकेका छौँ ।” जेलेन्स्कीले थपे, “किएभले रूसी हमलाका कारण भएको ‘लगभग दुई अर्ब युरो’ अर्थात् झण्डै २.३२ अर्ब अमेरिकी डलर उत्पादन घाटालाई कभर गर्न वित्तीय सम्झौताहरू पनि सुनिश्चित गरेको छ।
यो कोष युक्रेनी सरकार, युरोपेली आयोगद्वारा सुनिश्चित गरिएका युरोपेली, युक्रेनी बैङ्कहरू र नर्वेबाट व्यवस्थापन गरिनेछ । युक्रेनी राष्ट्रपतिले भने, “आफ्ना युरोपेली र अमेरिकी सहयोगीहरूका अतिरिक्त उनी अजरबैजानसँग सम्झौता गर्न ‘सक्रियता’ का साथ काम गरिरहेको बताएका छन्। उनले पूर्व सोभियत गणतन्त्रबाट ग्यास आयातको लागि ‘दीर्घकालीन सम्झौता’ पूरा गर्ने आशा गरेका छन् ।