काठमाडौं। चेन्नई मेट्रो रेल लिमिटेडले भारतको तामिल नाडुमा भूमिगत स्टेशनहरू निर्माण गर्ने भएको छ। पहिलो चरणको काम सम्पन्न गरेर मेट्रो रेलले दोस्रो चरणको आयोजना अन्तर्गत तामिल नाडुका विभिन्न स्थानमा भूमिगत स्टेशन निर्माण गर्ने भएको हो।
स्टेशन निर्माणका लागि मेट्रो रेलले बोलपत्र आब्ह्वान गरेको छ। कोलाथुर जंक्शन, श्रीनिवास नगर, विल्लीवाक्कम सब–अर्बन स्टेशन (विल्लीवाक्कम), विल्लीवाक्कम बस टर्मिनस र नाथमुनी (विल्लीवाक्कम एमटीएच रोड) मा प्रवेश/निकास, भेन्टिलेसन शाफ्ट, प्लम्बिङ, अर्थमेट र आर्किट फिनिश लगायतका स्थानमा भूमिगत स्टेशनहरू निर्माण गर्न लागिएको हो। कोलाथुर जंक्शन रिट्रिभल शाफ्टदेखि नाथमुनी (विल्लीवाक्कम एमटीएच रोड) सम्म सुरुङहरू सहित साइनेजहरू निर्माण गरिने छन्।
काम सुरु गरेको ४६ महिनामा सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ। उक्त आयोजनाको अनुमानित लागत १,५८० करोड रुपैयाँ रहेको छ।