काठमाडौं। म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ। दुई दिनदेखी लगातार परेको वर्षा र हिमपातका कारण टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध भएको हो ।
त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छ।
भारी हिमपातका कारण गुर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपातले छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ।