काठमाडौं। विकसित मुलकमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, चीनलगायतका देशहरुमा पनि पूर्वाधार निर्माणमा दुर्घटना हुन्छन्।
विकसित मुलुकमा पूर्वाधार निर्माण गर्दा पर्याप्त सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि दुर्घटना हुन्छन् भने हाम्रो भने देशमा पर्याप्त मात्रामा सुुरक्षा सावधानी नअपनाउँदा र हेलचक्र्याइँका कारण निर्माणाधीन आयोजनामा बारम्बार दुर्घटना हुने गरेको छ। सोही दुर्घटनामा दक्ष प्राविधिक र सामान्य मजदुरको ज्यान जाने गरेको छ। गत आइतबार सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजनाको वर्कसपमा पेनस्टक पाइप परीक्षणका क्रममा दुर्घटनामा परी दुई इन्जिनियरको ज्यान गएको छ।
यसैगरी २०७७ असार ३० गते मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण क्रममा एक इन्जिनियरको ज्यान गएको थियो भने २०७५ फागुन ९ गते वीर अस्पतालको सर्जिकल भवनको सामान ओसार्ने लिफ्ट चुडिँदा दुई जनाको ज्यान गएको थियो। साथै पाइपलाइन खन्ने तथा बिछ्याउने क्रममा २०७४ को असार ३० गते सीतापाइलामा माटोले पुरिएर तीन कामदारको ज्यान गएको थियो।
त्यस्तै पछिल्लो समय पूर्वाधार निर्माणमा निरन्तर गम्भीर प्रकृतिका दुर्घटनाहरु भइरहेका छन्। निर्माण कम्पनीको लापरबाही भएपनि प्राविधिक त्रुटिका कारण भएपनि निर्माण क्षेत्रमा काम गर्ने इन्जिनियर र मजदूरकोे अकालमा नै ज्यान जाने गरेको छ। त्यसैले निर्माण क्षेत्रमा काम गर्ने कामदारका लागि सुरक्षाको आवश्यक रहेको छ।