एजेन्सी। विमान दुर्घटनामा परेर महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको निधन भएको छ । बुधबार बिहान ८ः४५ बजे मुम्बईबाट महाराष्ट्रको बारामती जाँदै गरेको चार्टर्ड विमान दुर्घटना हुँदा ६६ वर्षीय पवारको निधन भएको हो ।
प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ।
अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएकाे बताइएकाे छ।