काठमाडौं । बुढानीलकण्ठ नगरपालिका१३ चुनीखेलमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । राति ११ बजे सुरु भएको आगलागी सुरक्षाकर्मीले ३ घण्टा लगाएर नियन्त्रणमा लिएको हो ।
बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको थियो । प्रहरीका अनुसार आगलागी भएको ठाउँबाट ७ जनाको उद्धार भएको छ । मानवीय क्षति भएको छैन ।
आगलागीको कारण खुलेको छैन ।