दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ। आज बिहान ८ बजेदेखि मतदान शुरु भएको हो।
मतदान साँझ ४ बजेसम्म हुने छ। नेतृत्वको लागि ९ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता यमकान्त भण्डारीको एउटा प्यानल र नेपाली कांग्रेसकै पवनराज बुढाथोकीको अर्कौ प्यानल चुनाबी प्रतिस्पर्धामा उत्रिएका छन्।
खानेपानीको कार्यसमितिमध्ये केही सदस्य पदमा सर्वसम्मत भए पनि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूलाई खुला सदस्य प्रदान गरिएको छ।