हुम्ला। यस ठाउँको ट्याङ्की नजिकको नहरको पानी चुहिएर जमिन चिरा पारी पहिरोको जोखिम भएपछि विधुत् उत्पादन बन्द गरिदा हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् आपुर्ति सेवा अनिश्चित समयको लागी बन्द गरिएको छ।
कुनै स्थानमा नहर समेत चिरा परेका कारण पानीको आपुर्ति गर्दा अझ समस्या बढ्दै जाने भएकोले विद्युत आपुर्ति सेवा बन्द गरिनुको अर्को विकल्प नरहेको विद्युत वितरण केन्द्रले बताएको छ।
फर्बे नजिकको ओभर फ्लोको पाइपलाइन क्षेत्रमा यो भन्दा पहिला ठुलो पहिरो गएको कारण केही दिन अगाडी विद्युत् सेवा बन्द भएको थियो। यसको मर्मतको काम सुरु गरिरहदा नहर क्षेत्रमै पहिरो जाने जोखिम बढेपछि विद्युत उत्पादन बन्द गरिएको हो।
नहर क्षेत्रमा ठुलो क्षति पुगेको कारण तत्काल विद्युत् आपुर्तिको सम्भावना नदेखिएको सो क्षेत्रको अनुगमन गर्न पुग्नुभएका प्रमुख जिल्ला अधिकारीले बताउनु भयो। विद्युत् आपुर्ति बन्द भएसँगै सिमकोट र खार्पुनाथ गाउँपालीका अँध्यारो भएको छ।