काठमाडौं। पश्चिम अफ्रिकी मुलुक सेनेगलको राजधानी डाकरबाट सोमबारदेखि विद्युतीय रेल सञ्चालन हुन थालेको छ। डाकरदेखि ४० किलोमिटर टाढाको सहर डायमनिआडिओलाई जोड्ने रेलको सोमबार राष्ट्रपति म्याकी सालले उद्घाटन गरेका हुन्।
.jpg)
सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएको सेनेगलले पहिलो पटक आफैंले नयाँ रेलमार्ग बनाएको हो। पाँच वर्ष लगाएर निर्माण गरिएको उक्त रेलमार्गको १.३ अर्ब अमेरिकी डलर खर्च भएको हो।
.jpg)
रेलमार्ग बनेपछि राजधानी डाकरको प्रदुषण कम हुने र सवारी जाम पनि सहज हुने अपेक्षा गरिएको छ। उक्त रेलबाट दैनिक १ लाख १५ हजार यात्रुले सेवा पाउने अपेक्षा गरिएको छ।
.jpg)